कांग्रेस र एमाले एकै ठाउँमा उभिनुको राननितिक कारण पुष्टि गर्नुपर्छ : कांग्रेस नेता शेर्पा

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले वर्तमान सत्ता गठबन्धनको पुष्टि गर्नुपर्ने बताउनुभएको छ ।

आज शनिवार जयनेपाल फाउण्डेसन सोलुखुम्बुले काठमाण्डौँको सु्केधारामा आयोजना गरेको वि.पी. कोइराला र वर्तमान राष्ट्रिय राजनिति विषयक विचार गोष्ठि कार्यक्रमलाई सम्बोधन गर्दैै कांग्रेस नेता शेर्पाले यस्तो बताउनुभएको हो ।

विशेष परिस्थितीमा कांग्रेस र एमाले जस्ता दुई ठुला दल एक ठाउँमा उभिएकाले यसको जनता माझ राजनितिक पुष्टि गर्न सक्नु पर्ने उहाँको तर्क छ ।

हरेक राजनितिक निर्णय तर्क संगत पुष्टि हुने तर षड्यन्त्र पुष्टि नहुने भन्दै वर्तमान गठबन्धनको पुष्टि गर्न आवश्यक रहेको नेता शेर्पाको जोड छ ।

नेपाली राजनितिमा हुने हरेक सहमतीहरु पुष्टि हुन नसक्दा जनतामा नैराश्यपन बढेको दाबी गर्दैै जनतालाई आशाको सन्देश झल्काउने गरी गठबन्धनको न्युनतम साझा कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार