सोलुदुधकुण्ड नगरपालिकाको राजस्व करोड हाराहारी

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले राजस्व करोड हाराहारीमा संकलन गरेको छ । नगरले आर्थिक वर्ष २०८०/८१ मा ९७ लाख ३२ हजार १ सय ६६ रुपैयाँ राजस्व संकलन गरेको हो ।

जिल्लाकै एक मात्र नगरपालिकाले बहाल कर तर्फ ३ लाख ६० हजार ३६ रुपैयाँ, कृषि तथा पशुजन्य व्यावसायिक कारोबार बापत १ लाख ९८ हजार ७५, अखेटो पहर शुल्क २२ हजार ८ सय ७२ रुपैयाँ राजस्व संकलन भएको नगरले जनाएको छ ।

यस्तै अन्य कर ७८ हजार १८, सरकारी सम्पतिबापत ४ लाख ६५ हजार, अन्य वस्तुहरु बिक्रिबाट ३ लाख १० हजार, अन्य सेवा शुल्क तथा बिक्रि बापत १४ लाख १ हजार ५ सय,न्यायिक दस्तूरबाट ९ हजार ५ सय प्राप्त भएको कार्यालयका सूचना प्रविधि अधिकृत दोर्जी शेपाले जानकारी दिनुभयो ।

यस्तै परीक्षा शुल्क बापत ६३ हजार, अन्य प्रशासनिक सेवा शुल्क बापत ३ लाख ७१ हजार ४ सय, नक्सापास दस्तूर २ लाख १७ हजार ४ सय १३, सिफारिसबाट १ लाख २६ हजार १ सय ११ रुपैयाँ प्राप्त भएको उहाँको भनाइ छ ।

व्यक्तिगत घटना दर्ताबाट ४० हजार २ सय, नाता प्रमाणिकरणबाट ६५ हजार, अन्य दस्तूर १० हजार ७ सय ५६, व्यावसाय रजिष्ट्रेशन दस्तूर ५ लाख ४१ हजार, अन्य क्षेत्रको आय बापत ३७ लाख १ सय ५५, अन्य राजस्व ३२ हजार ९१, व्यवसाय कर १५ लाख ५ हजार ५१ रुपैयाँ र बेरुजु २ लाख १४ हजार ४ सय ८४ रुपैयाँ संकलन गरेको सूचना प्रविधि अधिकृत शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार