सोलुखुुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुको राजस्व वृद्वी भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा डिभिजन वन कार्यालयको राजस्व दोब्बरले वृद्वी भएको हो ।
कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९/८० मा ९७ लाख ७८ हजार ७ सय ३ रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै आर्थिक वर्ष २०८०/८१ मा राजस्व रकम बढेर १ करोड ९९ लाख ४ हजार ५ सय ५८ रुपैयाँ संकलन भएको कार्यालयका सूचना अधिकारी मनराज राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार ७९/८० मा २ लाख ६ हजार ४७.४३ क्यिुफिट काठ उत्पादन गरिएकोमा २०८०/८१ मा उत्पादन बढेर ४ लाख ९४ हजार ८ सय ३८.६७ क्यिुफिट काठ उत्पादन भएको कार्यालयका सूचना अधिकारी राईले बताउनुभयो ।