सोलुमा १८९ विद्यार्थीले एसइई पुरक परीक्षा दिने, गणित विषयका परीक्षार्थी धेरै

  हिमाल समाचार
168 Shares

सोलुखुम्बुमा यस वर्षको एसइई पुरक परीक्षामा १८९ जना विधार्थीले सहभागी जनाउने भएका छन् । २०८० सालको एसइई परीक्षा दिएका २ वा २ भन्दा बढी विषय लागेका विद्यार्थीहरुले पुरक परीक्षामा सहभागी जनाउन लागेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका अनुसार सबैभन्दा बढी परीक्षा दिने विद्यार्थीे गणित विषयका रहेका छन् ।  अनिवार्य विषय तर्फ अंग्रेजी २७, नेपाली ३९, गणित १ सय २५, विज्ञान ३४ र सामाजिक विषयको १२ जनाले पुरक परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै ऐच्छिक विषयको अर्थशास्त्रमा १५, गणितमा २ र शिक्षा विषयको ३ जनाले परीक्षा दिनलाई फर्म भरेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार