सोलुका बैंक तथा लघुवित्तहरुमा सुरक्षा चुनौती बढेको भन्दै बितिय कर्मचारी मञ्चको ध्यानाकर्षण

  हिमाल समाचार
1k Shares

सोेलुखुम्बु । सोलुखुम्बुका बैंक तथा लघुवित्त संस्थाहरुलाई सुरक्षा चुनौती बढेको भन्दै वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुले ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय वित्तिय संस्थाहरु विरुद्व खडा भएका विभिन्न संघर्ष समितिहरुले अवरोध सृजना गरेको भन्दै मञ्चले आज मंगलबार विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको हो ।

उक्त पत्रमा लघुवित्त विरुद्व संघर्ष समिति नामक समुहले बैंक, वित्तिय संस्था जस्तो अती संवेदनशिल तथा आवश्यकीय क्षेत्रमा अराजक शैलिमा प्रस्तुत भएको जनाइएको छ ।

कुनै कारण वित्तिय कार्यालय प्रवेश गरी हुल्दंगा गर्ने, फिल्डमा खटिएको कर्मचारीहरुको मनोवल कमजोर पार्ने गरी हप्की दप्की गर्ने, आवश्यकीय कागजात जफत गरी नोक्सान गर्ने लगायतको कार्यहरु गरेको मञ्चका जिल्ला अध्यक्ष खगेन्द्र वनले बताउनुभयो ।

त्यस्ता गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई आवश्यकता अनुसार कानुनी कारबाहीको दायरामा ल्याउन जिल्ला स्थित सरोकारवाला निकायहरु स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसँगै मातहतका सम्पुर्ण कार्यालयहरु समक्ष ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार