सोलुखुम्बु । सोलुखुम्बुको दियालेमा पहिरो जादा पशु चौपायमा क्षती पुगेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ९ दियालेमा सडक माथीबाट पहिरो जादा पशु चौपायमा क्षती पुगेको हो ।
आज विहिबार बिहान १० बजेतिर अविरल बर्षाका कारण पहिरो जादा सोही ठाउँ बस्ने लाक्पा तामाङको एउटा रागा, एउटा ब्याउने भैसीँ पहिरोले परिएर मरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
यस्तै उक्त बस्तु बाध्ने गोठ पूर्ण रुपमा क्षती भएको छ भने १० घार मौरी र १२ बोट किवि समेत पहिरोमा पुरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
उक्त पुरिएको रागा र भैसीँलाई प्रहरीले स्थानीय बासीसँगको सहकार्यमा निकालेको सोलुखुम्बुका प्रहरी निरीक्षक सूचना अधिकारी लक्ष्मण गिरीले बताउनुभयो ।