थामे बस्ती पुर्ननिर्माणका लागि टान वरिष्ठ उपाध्यक्ष शेर्पाले गराए रक्षामन्त्रीको ध्यानाकर्षण

  हिमाल समाचार
2.7k Shares

सोलुखुम्बु । टानका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बाढीबाट प्रभावित सोलुखुम्बुको थामे बस्ती पुर्ननिर्माणका लागि रक्षामन्त्री मानवीर राईको ध्यानाकर्षण गराउनुभएको छ । वरिष्ठ उपाध्यक्ष शेर्पाले आज विहीवार रक्षामन्त्री राईलाई मन्त्रालयमै पुगेर भेट गर्दै बाढीले क्षतिग्रस्त पर्यटकीय स्थल थामे बस्ती चाँडो पुर्ननिर्माणको पहल गर्न मागसहित ध्यानाकर्षण गराउनुभएको हो ।

टानका निवर्तमान अध्यक्ष निलहरी बास्तोलासहित गएको टोलीले रक्षामन्त्री राईसहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको धन्यवाद ज्ञापन गर्दै ति घरहरु पुर्ननिर्माण तथा स्थानान्तरणमा ढिलाई गर्दा अन्तराष्ट्रिय समुदायमा नेपालको पर्यटन क्षेत्रको सन्देश खराब जाने बताएका छन् । साथै थामे बाढीको चपेटामा परेपछि सो क्षेत्र हुँदै रेन्जोलापास जाने पर्यटकीय पदमार्ग समेत बन्द हुने अवस्थामा पुगेकाले यसको पुर्ननिर्माणमा सहयोग गरिदिन वरिष्ठ उपाध्यक्ष शेर्पाले रक्षामन्त्री राईसँग आग्रह गर्नुभयो ।

नेपालको अर्थतन्त्रको एक प्रमुख खम्बा पर्यटन भएकाले पर्यटनको छवि बिग्रिएमा सिंगो मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पर्ने शेर्पाको भनाइ छ । जसका लागि बाढीग्रस्त स्थलमै बस्ती बसाउन मिल्ने वा स्थानान्तरण गर्नुपर्ने हो निक्र्यौल गरी चाँडो काम अघि बढाउने व्यवस्था मिलाइदिन टानले आग्रह आग्रह गरेका छन् ।

जवाफमा रक्षामन्त्री राईले वर्षात सकिने वित्तिकै थामेमा बस्ती स्थानान्तरण तथा पुर्ननिर्माणको काम अघि बढाउने बताउनुभएको छ । त्यसका लागि सोही क्षेत्रमा बस्ती बसाउने वा स्थानान्तरण गर्नुपर्ने बारे विज्ञसतिको टोली खटाएर निक्र्यौल गर्ने रक्षामन्त्री राईले बताउनुभयो । उहाँले तत्काल खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्षलाई समेत टेलिफोन गरी थामेको ताजा बस्तुस्थिती बारे जानकारी समेत लिनुभएको थियो ।

शेर्पा टानको निर्वाचनमा होमिदै गर्दा थामे बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणका लागि कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिवद्धतालाई मुर्त रुपमा दिन निर्वाचित भएको ३ दिनपछि नै शेर्पासहितको टोली मन्त्रालय पुगेका हुन् । साथै रक्षामन्त्री राईले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष शेर्पालाई खदा लगाएर बधाई दिदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार