सोलुखुम्बु । सोलुखुम्बुमा हजुरबुवाको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको कांग्रेस नेता कार्कीले अक्षय कोष स्थापना गर्नुभएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका २ मा रहेको वी.पी संस्कृत माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको कांग्रेस नेता प्रकाशसिंह कार्कीले अक्षय कोष स्थापना गर्नुभएको हो ।
उहाँले आफ्ना हजुरबुबा रामबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ । नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्यसमेत रहनुभएका कार्कीले उक्त विद्यालय हजुरबुवा स्वर्गीय रामबहादुर कार्कीकै पहलमा स्थापना भएको थियो ।
कार्कीका तर्फबाट स्थानीय समाजसेवी प्रभुराम कार्कीले सो रकम बराबरको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
विशुद्द रूपमा समाजसेवालाई प्राथमिकतामा राखेर आफ्नो राजनीतिक गतिविधि अगाडी बढाउँदै आउनुभएका कांग्रेस नेता कार्कीले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई बेला बेला शैक्षिक सामाग्रीका साथै झोला र विद्यालय पोशाक समेत बितरण गर्दै आउनुभएको छ ।
विद्यालयका प्रधानाध्यापक उमाकान्त काफ्लेका अनुसार पं.भवनाथ निरौला तथा उहाँका धर्मपत्नीहरुको नाममा उहाँका छोरा पुन्य प्रसाद निरौला लगायत परिवारका सदस्यहरुले पनि विद्यालयलाई अक्षयकोषका लागि एकमुष्ट १ लाख ६५ हजार बराबरको चेक हस्तान्तरण हस्तान्तरण गर्नुभएको छ ।