गार्मामा आयोजित जिल्ला व्यापी प्रथम वडा अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सुरु

  हिमाल समाचार
196 Shares

सोलुखुम्बु । सोलुखुम्बुको गार्मामा आयोजित जिल्ला व्यापी प्रथम वडा अध्यक्ष रनिङ शिल्ड प्रतियोतिगा आजबाट सुरु भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले आयोजना गरेको जिल्ला व्यापी प्रथम वडा अध्यक्ष रनिङ शिल्ड पुरुष भलिवल प्रतियोतिगा सुरु आजबाट सुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सोलदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जिल्लामै पहिलो पटक वडा कार्यालय गार्माले पुरुष भलिवल प्रतियोगिता आयोजना गरेकोमा  खुसी व्यक्त गर्नुभयो ।

सोलुखुम्बु जिल्लाको लागि अत्यन्तै महत्वपूर्ण दिन भएको भन्दै खेल स्वास्थ्यको लागि पनि आवश्यक भएको उहाँको भनाइ छ । विद्यार्थी जिवनमा खेल खेल्नु अझै महत्वपूर्ण भएको नगर प्रमुख शेर्पाले बताउनुभयो ।

खेलले नै एक अर्कालाई चिर परिचित गराउने भन्दै भलिवलबाटै सोलुखुम्बुलाई पनि राष्ट्रिय रुपमा चिनाउने खेलाडी जन्मिएका भन्दै वक्ताहरुले खुसी व्यक्त गर्नुभएको थियो ।

विगत देखी नै सोलुखुम्बुमा भलिवल प्रतियोगिता आयोजना हुदै आएको सोलुदुधकुण्ड नगर उपप्रमुख गान्धीमाया तामाङले बताउनुभयो ।

खेलाडीहरुले एकदमै अनुशासित भएर खेल खेलेको खण्डमा पुरस्कार जित्न सकिने उहाँको भनाइ छ । संविधान दिवस २०८१ को सुखद उपलक्ष्यमा प्रथम वडा अध्यक्ष भलिवल प्रतियोगिताको सुरु भएको भन्दै कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बताएका थिए ।

खेलकुद मनोरञ्जनको पक्ष मात्र नभइ शारीरिक, मानसिक, संवेगात्मक तथा भावनात्मक विकास गर्ने माध्यम समेत भएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बताउनुभयो ।

जनताबाट नै निर्वाचित जनप्रतिनिधिहरुद्वारा संविधान जारी भएको हो । संविधान निमार्ण भएपछि नै संघ, प्रदेश र स्थानीयसम्म अधिकार आइपुगेको छ । सोही अधिकार प्राप्त भएर नै कार्यक्रम गर्न संभव भएको गार्माका वडाअध्यक्ष तथा कार्यक्रमका सभापति सोनाम ग्याल्जेन शेर्पाको भनाइ छ ।

प्रथम वडाध्यक्ष भलिवल प्रतियोतिगामा २५ टिमले सहभागी जनाएको कार्यक्रम संयोजक एवं वडा सदस्य भलाकाजी कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रु एक लाख एक हजार १ सय, ७५ हजार १ सय र ५० हजार १ सयको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयोे ।

यस्तै सान्त्वना हुने टिमलाई नगद २५ हजारको साथमा प्रमाण–पत्र प्रदान गरिने जनाइएको छ ।

यस्तै विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजारको साथमा ट्रफी र प्रमाण–पत्र, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर, डिफेन्टर र नव उदयमान खेलाडीलाई नगद २/२ हजारको साथमा ट्रफी र प्रमाण–पत्रको व्यवस्था रहेको कार्यक्रम संयोजक एवं वडा सदस्य भलाकाजी कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार