सोलुखुम्बु । सोलुखुम्बुबाट जिरी हुँदै काठमाण्डौँ जिप सेवा सुरु हुने भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा भोलीबाट सल्लेरी–लामाजुरा–किन्जा–जिरी–लामसाँगु–खाँडीचौर हुँदै काठमाण्डौँ जिप सेवा सुरु हुने भएको हो ।
जसका लागि भोली पहिलो दिन दुधकोशी, ,सुपर दुधकोशी र दुधकुण्ड यातयात समितिले एक/एक वटा सुमो जिप सल्लेरीबाट काठमाण्डौँका लागि छुटाउने दुधकोशी यातयात प्रालिका अध्यक्ष दोर्जी शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोलुदुधकुण्ड नगरपालिकाले लामाजुरासम्म जेसिबी उपलब्ध गराएर सहयोग गर्ने छ । किन्जा भन्दा अगाडीको पुरानो सडकको अवस्था सामान्य रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
सल्लेरीबाट करिब १५ घण्टाको यात्रापछि काठमाण्डौँ पुग्न सकिने अनुमान गरिएको उक्त जिप सेवाको भाडा प्रति यात्रु ३ हजार ५ सय रुपैयाँ राखिएको यातयात व्यवसायीले बताएको छ ।