सोलुदुधकुण्ड नगरले काठमाण्डौँ जाने वैकल्पिक सडकको अनुगमन गर्ने

  हिमाल समाचार
322 Shares

सोलुखुम्बु । सोलुखुम्बु्को सोलुदुधकुण्ड नगरपालिकाले काठमाण्डौँ जाने वैकल्पिक सडकको अनुगमन गर्ने भएको छ । सल्लेरी–टाक्टोर–लामाजुरा– किञ्जा–वाम्ती भण्डार– जिरी हुँदै काठमाण्डौ जाने सडक छोटो, सुरक्षित र शीतल समेत भएको हुँदा उक्त सडकमा तत्काल साना यात्रुवाहक सवारी साधन संचालन गर्ने सडकको अनुगमन गर्ने भएको हो ।

आज नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको संयोजकत्वमा सल्लेरी स्थित यातायात व्यवसायी सहितको बैठक बसेर उक्त निर्णय गरिएको नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

बुधबार नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी, सवारी चालक र संचारकर्मीको संयुक्त टोलीले सवारी साधन सहित स्थलगत अवलोकन गर्ने बताइएको छ ।

असोज १० गतेदेखी गरेको अविरल वर्षाका कारणले जिल्लाबाट राजधानी काठमाण्डौँ जाने सडक.पि. राजमार्गको विभिन्न खण्डमा सडक अवरुद्ध भएकोले सवारी साधन ठप्प जस्तै भएको छ ।

नगरपालिकाले निकालेको विज्ञप्ती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार