सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु भ्रमणमा आउने पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले ६२ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन १ गतेदेखी असोज ८ गतेसम्म ६२ लाख ३४ हजार २ सय रुपैयाँ राजस्व सकंलन गरेको हो ।
उक्त अवधीमा २ हजार ४ सय ८२ जना पर्यटकहरुले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको छन् । जसमा नेपाली २ सय ७२ जना, सार्क मुलुकका २ सय ८२ जना र सार्क भन्दा अन्य विदेशी मुलुकका १ हजार ९ सय २८ जना रहेका सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोज कुमार मण्डलले बताउनुभयो ।
उहाँका अनुसार २ सय ७२ नेपालीबाट २७ हजार २ सय, सार्क मुलुकका २ सय ८२ जना नागरिकबाट ४ लाख २३ हजार र सार्क भन्दा अन्य विदेशी मुलुकका १ हजार ९ सय २८ जना पर्यटकबाट ५७ लाख ८४ हजार राजस्व संकलन भएको छ ।