ओखलढुंगाको कालिका मावि भालुथुम्काद्वारा दसैं तिहार विशेष शुभकामना आदान प्रदान

  हिमाल समाचार
931 Shares

सोलुखुम्बु । ओखलढुंगाको कालिका माद्यमिक विद्यालय भालुथुम्काले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका ६ भालुथुम्कामा रहेको उक्त विद्यालयले २०८१ सालको बिजय दशमी, शुभ दिपावलीको बिशेष अवसर परेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

नम्बर ६ का वडा अध्यक्ष कमल तामाङको प्रमुख अतिथिथ्यतमा भएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश कुमार कटवालको सभापतित्वमा सम्पन्न भएको संवादाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा श्रीचौरका पुर्व वडाध्यक्ष रामकाजी तामाङ, कार्यपालिका सदस्य किन्जु शेर्पा, वडा सदस्य मनसिङ तामाङ, समाजसेवी गणेश बहादुर कटवाल, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरू, अभिभावकका साथै विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडाध्यक्ष तामाङले बिदाको समयमा विद्यार्थीहरूलाई घरमा गृहकार्य गर्न र चाडपर्वको नाममा फजुल खर्च नगर्न समेत अभिभावकलाई सुझाव दिनुभएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रम विबिध सांस्कृतिक कार्यक्रमका बिच सम्पन्न भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार