सोलुखुम्बुमा यात्रु सहायता कक्ष स्थापना : तीन ठाउँमा राखिने

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु । सोलुखुम्बुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । हिन्दु नेपालीहरुको महान चाड बडा दसै नजिकिएसँगै आज बुधबार जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी आवडाँडामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण कुमार कटवालका अनुसार यात्रु सहायता कक्ष जिल्लाको आवडाँडा, जोरबौद्व र पत्तालेमा गरेर ३ ठाउँमा रहने छ ।

चाडपर्वको समयमा व्यवसायीले महङ्गो भाडा लिने, सवारी क्षमता भन्दा बढी यात्रा बोक्ने लगायतको गैरकानुनी कार्यहुन सक्ने भएकाले यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

सवारी साधनको निगरानी तथा यात्रुहरुलाई सहजिकरण गर्ने उदेश्यले स्थापना गरिएको सहायता कक्षमा कुनैपनि गुनासो, उजुरी गर्न सक्ने ट्राफिक प्रहरी प्रमुख कटवालले बताउनुभयो ।

 

 

 

यस अघि पनि चाडपर्वलाई लक्षित गरि स्थापना गरिएको यात्रु सहायता कक्षमा गुनासा आएको र कारबाही समेत गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार