सोलुखुम्बु, कार्तिक २६ । चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा ज्याकेट तथा न्यानो कपडाको व्यापार बढेको छ । शरदबाट नै चिसो सुरु हुने यहाँ अन्य न्यानो कपडासँगै डाउन ज्याकेटको व्यापार बढेको व्यवसायीहरुले बताएका छन् ।
फेन्सी पसलमा आउने अधिकांश ग्राहकहरुले न्यानो कपडाहरु बाक्लो जुराफ, टोपी, ज्याकेट लगायतका कपडा खोज्ने गरेको सल्लेरीका व्यवसायी मनिकुमार राईले बताउनुभयो ।
दिउँसो सामान्य न्यानो नै भएपनि बिहान बेलुका बढी नै चिसो हुने भएकाले न्यानो कपडाको जोहो गर्नमा सर्वसाधरण जुटेका छन् ।
साथै पसलहरुमा अन्य सामन्य ज्याकेट तथा कपडाको तुलनामा डाउन ज्याकेटले बढी नै न्यानो प्रदान गर्ने हुँदा यसको माग पनि विस्तारै बढ्दै गएको भएको सल्लेरीका व्यवसायी बिक्रम हिङमाङले बताउनुभयो ।
जसका कारण चिसो बढेसँगै सर्वसाधरण नागरिकहरु चिन्तित भएता पनि टेलरिङ व्यवसाय गर्नेका लागि सुनौलो अवसर बनेको छ ।
जिल्ला सदरमुकाम सल्लेरी क्षेत्रमा लभगभ ४० वटा टेलर नियमित रुपमा सञ्चालमा छन् । जाडो समयमा यहाँका टेलर मात्रै नभएर अन्य फेन्सी पसलहरु समेत व्यस्त बनेका छन् ।