नेपाल महिला संघ तामाखानीको अध्यक्षमा तामाङ

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु, फागुन ४ । नेपाल महिला संघ सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीको अध्यक्षमा याङ्जी डोमा तामाङ चयन हुनुभएको छ ।

आज वडा कार्यालय तामाखानीको हलमा सम्पन्न महिला संघ नगरकार्य समितिको भेलाले तामाङको अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष फुलमाया मगर, सचिवमा सुमित्रा राई, सहसचिवमा रोजिना मगर र कोषाध्यक्षमा फुर्वा शेर्पा चयन भएका छन् ।

सदस्यहरुमा पुर्णीमाया मगर, पातली मगर, सानुमाया शेर्पा, फुरीमाया तामाङ, पासाङ ल्हमु शेर्पा र सुनमाया तामाङ रहेका छन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कोशी प्रदेश समिती सदस्य पासाङ शेर्पाले महिलाहरु अघि बढ्न आवाहन गर्नुभयो ।

महिलाहरु क्षमता हुदाहुदै पनि समाजले पछि पारेकाले अब महिला घर भित्र चुलोचौकामा मात्रै सिमित भएर बस्ने दिन गएको उहाँको भनाइ छ ।

नेपाल महिला संघ सोलुदुधकुण्ड नगर कार्यसमिति अध्यक्ष मिठुला खड्काको अध्यक्षता तथा कांग्रेस कोशी प्रदेश समिती सदस्य पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कृयाशिल सदस्यता वितरण तथा नविकरण पनि गरिएको नेपाली कांग्रेस तामाखानी वडासभापती छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख टिकामाया मगर, नेपाली कांग्रेस नगरसमिती सभापति तथा गार्माका जननिर्वाचित वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, नेपाल तामाङ घेदुङ जिल्ला समिती अध्यक्ष धर्म बहादुर तामाङ, आदिवासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष सन्त बहादुर मगर, महिला संघ जिल्ला उपाध्यक्ष टंकी माया बस्नेत, तामाखानीका कांग्रेस सभापति छिरिङ शेर्पा, वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार