नेपाल महिला संघ तामाखानीको कार्य समिति चयन, अध्यक्षमा याङ्जी डोमा तामाङ

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु, फागुन ४ । नेपाल महिला संघ सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी सोलुखुम्बुको वडा कार्य समिति चयन गरिएको छ । आज आइतबार वडा कार्यालयमा भएको महिला संघ नगरकार्य समितिको भेलाले वडा कार्य समिति चयन गरिएको हो ।

उक्त समितिले याङ्जी डोमा तामाङको अध्यक्षतामा ११ सदस्यीय वडा कार्यसमिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा फुलमाया मगर, सचिवमा सुमित्रा राई, सह सचिवमा रेजिना मगर र कोषाध्यक्षमा पासाङ शेर्पालाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा पुर्णमाया मगर, पासाङ ल्हामु शेर्पा, सानु माया शेर्पा, पातली मगर, फूरीमाया तामाङ र सुममाया तामाङ रहनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार