सोलुखुम्बु, चैत ४ । राष्ट्रपति रामचन्द्र पौडेल चैत ११ गते ११ गते सोलुखुम्बु आउनु हुने भएको छ । जिल्लाको नेचा सल्यान गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्नलाई राष्ट्रपति पौडेल आउनु हुने भएको हो ।
बिहान ११ बजे उहाँ हेलिकप्टर मार्फत आइपुग्ने पालिकाले जनाएको छ । पालिकाको नवनिर्मित भवनको समुद्धाटन कार्य राष्ट्रपतिबाट गरिने पालिका अध्यक्ष धनजन राईले बताउनुभयो । हाल उक्त कार्यक्रमको तयारीमा जुटि रहेको उहाँको भनाइ रहेको छ ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलबहादुर केसी,कांग्रेस नेता प्रकाशसिंह कार्की,नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समिति सभापति निरकुमार शर्मा ‘जय नेपाल’ लगायतको टोलीले राष्ट्रपति पौडेलसंग भेट गरी पालिका भवन उद्घाटनको मिति तय गरेको नेचासल्यान गाउँपालिकाले जनाएको छ ।
आरोन ॐ बालाजी पि आर जेभी ले निर्माण गरेको भवनको गत फागुन ७ गते उद्घाटनको तयारी गरिएपनि विविध कारणले स्थगित भएको थियो ।
गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत गरी कुल ३ करोड ७२ लाख बजेटमा निर्माण गरिएको ५ तले सुविधा सम्पन्न प्रशासनिक निमार्ण गरिएको हो । निमार्ण सम्पन्न भवनबाट सेवा प्रवाहको थालनी भने भैइसकेको पालिकाले जनाएको छ ।