दुधकोशी बहुमुखी क्याम्पस : स्ववियु अध्यक्षमा सुजन दाहाल निर्विरोध

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु, चैत ५ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ स्थित दुधकोशी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा सुजन दाहाल निर्विरोध चयन हुनु भएको छ ।

आज मंगलबार भएको चुनावमा दाहालको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत योगेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सचिवमा यशोदा बस्नेत, कोषाध्यक्षमा विनिता कार्की, सदस्यहरुमा अनुप राई, सुदिप बस्नेत, लोकेश बस्नेत र सुनिता बस्नेत निवार्चित भएका हुन् ।

नेचासल्यान गाउँपालिका २ मा रहेको दुधकोशी बहुमुखी क्याम्पसमा आज मंगलबार भएको चुनावी प्रकृयामा नेपाल विद्यार्थी सङ्घबाट मात्र मनोनयन दर्ता भएसँगै दाहालसहितको टिम निर्विरोध निर्वाचित भएका हुन् ।

उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा क्याम्पस संस्थापक स्वयियु सभापति ताराबहादुर खत्री मिलन), साथै नेपाली कांग्रेस प्रदेश समिति सदस्य युवा नेता प्रदिप वस्नेत, कांग्रेस नेचासल्यान २ का पार्टी सभापति सिताराम काफ्ले, पार्टी सचिब सुरज के.सी, नेविसंघ नेता दुर्योधन बस्नेत लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार