“सोमबारे हाटैमा ढोल बज्यो” गीतको छायांकन पर्यटकीय जिल्ला सोलुखुम्बुमा हुने

  डेनिस थापा मगर
3.2k Shares

सोलुखुम्बु, बैशाख ५ । लोकप्रिय गायक विनोद बराइलीको स्वरमा रहेको नयाँ पूर्वेली लोक गीत “सोमबारे हाटैमा ढोल बज्यो ” को छायांकन सोलुखुम्बुमा हुने भएको छ । बैशाख ६ गतेबाट छायांकन शुरु हुने उक्त गीत पूर्वी नेपालको सांस्कृतिक र पारम्पारिक शैलीलाई समेट्ने उदेश्यले तयार पारिएको हो । यस गीतमा गाउँले जीवनका अन्य विविध पक्षहरु समेत लाई समेट्ने प्रयास गरिएको छ ।

सोलुखुम्बुको सोलुदुधुण्ड नगरपालिका–८, केरुङ मा जन्मीनुभएका गायक विनोद बराइलीले यस अघि पनि तीन वटा गीतहरु रेकर्ड गरिसक्नु भएको छ । बराइलीले पिरतीको खोलीले, चौतारीमा हेर, पागल मेरो मन जस्ता गीतहरुमा आफ्नो स्वर भरिसकेका छ्न ।

बुबा सुर बहादुर बराइली र आमा फुलमाया बराइलीको कान्छो सन्तानका रुपमा जन्मनु भएका विनोद बराइलीका परिवारमा तीन दाजु र चार दिदीबहिनीहरु रहेका छन् ।

विगत ४ वर्षदेखी संगीत क्षेत्रमा लागेका उनले भविष्यमा पनि सांगीतिक यात्रालाई निरनतरता दिने बताउनुभयो । गीतकार शिव हमालको शब्द संगीत रहेको यस गीतमा प्रेमजोडीको भेटघाटमा माया प्रेमको कथा वस्तु प्रश्तुत गरिनुका साथै अर्गानिक रैथाने कृषी उपजहरुको प्रवद्धृन गर्ने उदेश्यले छायांकन गर्न लागिएको बताएका छन् ।

गीतमा विनोद बराइली र रञ्जीता विश्वकर्माको स्वर रहेको छ । जसमा शब्दसंगीत लोकप्रिय गायक तथा सर्जक शिव हमालले भरेका हुन् । ओजन स्टुडियोमा रेकर्ड गरिएको लगभग १० मिनेटको यस गीतमा चेतन गोतामेले एरेन्ज गरेका छन्, भने मिक्सीकङ र मास्टरिङ विनोद परियारले गरेका हुन् । छायांकनको निर्देशन कमल भक्तले गरेका छन् ।

छायांकनको लागि भोली सोलुखुम्बुको नयाँबजार स्थीत शनीबारे हाटबाट शुरु गरिने भएको छ । गीतको छायांकन भोली विहान ९ बजेबाट गरिने योजना रहेको गायक बराइलीले बताउनुभयो । त्यस्तै सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थल, सिलिगुडीडाँडा लगाएत अन्य ठाउँहरु समावेश गरेर छायांकन गरिने योजना रहेको छ ।

गीतको मोडलीङमा चर्चीत मोडल लक्ष्मी थापा मगर र सोलुखुम्बुको स्थानीय धन बहादुर बराइलीको मुहार देख्न सकिने भएको छ ।उक्त गीतको भिडियो निर्माणपछि शिव हमाल च्यानलमार्फत सार्वजनिक गरिनेछ ।

आफूपनि पूर्वकै भएको कारण पूर्वेली लोकगीतलाई माया गर्नुका साथै पूर्वेली लोकलयको जगेर्णा गर्नका लागि आफूले पूर्वेली गीत गाएको बराइलीले बताउनुभयो ।

यसको छायांकन पनि पूर्वको एक पर्यटकीय जिल्ला सोलुखुम्बुमा हुने भएको छ । गीत पूर्वेली मौलिकता अनुसार माया पिरतीको बारेमा चर्चा गरिएकोले भिडियो निर्माण पछि सबै दर्शकहरुले साथ सहयोग गरिदिनुहुन आग्रह समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार