सोलुखुम्बु, बैशाख १० । याक अनुवाशिंक स्रोत केन्द्र स्याङ्बुचे सोलुखुम्बुबाट १० वटा याक बिक्री गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा उक्त याक बिक्री गरिएको हो । जसबाट ७ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यायलका सूचना अधिकारी ललन यादवले बताउनुभयो ।
उहाँका अनुसार स्रोत केन्द्रबाट बिक्री गरिएकामा ७ वटा याक र ३ वटा नाक रहेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका ४ र ५ का याक पालक किसानले उक्त याक खरिद गरेर लगेका हुन् । कार्यालयले याकलाई संरक्षण गर्नका लागि पाल्ने कार्य रहिरहेको छ ।
याक अनुवाशिंक स्रोत केन्द्र स्याङ्बुचेको तथ्यांक अनुसार खुम्बु क्षेत्रमा अन्दाजी सयको हाराहारीमा याक पाल्ने किसान रहेका छन् । उनीहरुले ९ सय ९६ वटा याक, ५ सय ८२ वटा नाक र १ सय ४६ वटा चौरी गरेर कुल १ हजार ९ सय ४३ वटा याक पालन गरि रहेका छन् ।