सोलुखुम्बुका डाक्टरहरुले जिल्ला प्रशासन मार्फत गराए सरकारको ध्यानाकर्षण

  हिमाल समाचार
392 Shares

सोलुखुम्बु, बैशाख ११ । सोलुखुम्बुका डाक्टरहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र पठाएका छन् । आज बिहिबार सोलुखुम्बुमा कार्यरत डाक्टरहरुले आन्दोलनरत चिकित्सकहरुको मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने भन्दै ज्ञापन पत्र पठाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र पठाइएको जिल्ला अस्पताल फाप्लुका डा. राम बाबु जोशीले बताउनुभयो । गत २९ दिनदेखी माग पुरा गर्नका लागि आन्दोलनमा रहे पनि सरकारले वेवास्था गरेको भन्दै यथाशिघ्र माग सम्बोधन गर्न पत्र पठाइएको उहाँले बताउनुभयो ।

साथै माग सम्बोधन नभएको खण्डमा नेपाल मेडिकल एशोसियसनको प्रेस विज्ञप्ती अनुसार चरण वद्द आन्दोलन कार्यान्वयन गर्नमा पनि सहमत रहने कुरा समेत जानकारी गराइएको छ ।

साथै ज्ञापन पत्र विज्ञप्तीमा जिल्ला अस्पतालसहित जिल्लाभरका १८ जना डाक्टरहरुको हस्ताक्षर रहेको छ । सरकारले माग पुरा नगरेको खण्डमा अस्पतालहरुमा ओ.पि.डि सेवा समेत प्रभावित हुन सक्ने देखिएको छ । यद्यपी ओ.पि.डि बन्द भएको खण्डमा अरु सेवाहरु भने निरन्तर रहने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार