जलवायु परिवर्तन, सगरमाथा संवाद र मिडियाको भूमिकामाथि केन्द्रित कार्यक्रम काठमाडौंमा सुरु

  सुवास दर्नाल
21 Shares

काठमाडौं, वैशाख १७ । जलवायु परिवर्तन, सगरमाथा संवाद र मिडियाको भूमिकामा केन्द्रित विशेष कार्यक्रम काठमाडौमा सुरु भएको छ । आज बुधबार प्रेस काउन्सिल नेपालको आयोजनामा कार्यक्रम सुरु भएको हो । उक्त कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारीहरू, वन तथा वातावरण मन्त्रालयका सचिवसहित सरकारी प्रतिनिधिहरू, अग्रज पत्रकारहरू तथा संचारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको छ।

कार्यक्रमको अध्यक्षता प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गर्नु भएको हो । उद्घाटन सत्रमा जलवायु परिवर्तनका असरहरू, सगरमाथा क्षेत्रमा देखिएका वातावरणीय संकट र त्यसमा मिडियाको भूमिकाका विषयमा विभिन्न वक्ताहरूले धारणा राख्नु भएको थियो ।

जलवायु परिवर्तनसम्बन्धी फ्रेमवर्कका सन्दर्भमा सगरमाथा क्षेत्रलाई असर पारिरहेका जलवायु परिवर्तनका चुनौतीहरूलाई मिडियाले कसरी उजागर गर्न सक्छ भन्ने विषयमा छलफल कार्यक्रमको प्रमुख केन्द्रमा रहेको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको भनाइ छ।

अध्यक्ष बस्नेतले मिडियाले जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण र वातावरणीय चेतनामूलक संवादमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रेस काउन्सिल नेपालले यस्ता संवेदनशील विषयमा संचार क्षेत्रलाई जागरुक बनाउन नियमित कार्यक्रम गर्दै आएको बताउनुभयो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जलवायु परिवर्तनको प्रभावमा परेका समुदायका आवाज उठाउन मिडियाले भूमिका विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार