सोलुखुम्बु, बैशाख १७ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएको छ । आज बुधबार सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पु वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।
वडामा जन्मेदेखी १५ महिना भित्र उमेर समुहका ३६ जना र १६ देखी ५९ महिना उमे र समुहका ७० जना बालबालिकाले खोप लगाए सँगै पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको वडाअध्यक्ष एवं नगरप्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
जन्मेदेखी १५ महिनासम्म थातेङमा ५, दोर्पूमा २५ र खोरिया खोप केन्द्रमा ६ जना तथा १६ देखी ५९ महिना उमेरसम्म दोर्पूमा ६७ र खोरिया खोप केन्द्रमा ३ जना बालबालिकाले खोप लगाएका स्वास्थ्य शाखा प्रमुख अन्जना राईले बताउनुभयो । वडालाई वर्षेनी पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिँदै आएको छ ।