जन जागृति आ.वि सल्लेरीका विद्यार्थीलाई झोला वितरण

  हिमाल समाचार
112 Shares

सोलुखुम्बु, बैशाख २५ । जन जागृति आधारभुत विद्यालय सल्लेरीका विद्यार्थीलाई झोला वितरण गरिएको छ । आज विहिबार सोलुखुम्बु जिल्लाको सदरमुकाममा रहेको उक्त विद्यालयका ८४ जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।

कक्षा १ देखी ४ सम्मका ८४ जनालाई सल्लेरीमा नै उत्पादन भएको झोला वितरण गरिएको मानव अधिकारका लागि महिला एकल महिला सस्ंथाले सल्लेरीमा उत्पादन गरेको झोला मेकावल्ड फाउण्डेशनले खरिद गरेर विद्यार्थीलाई वितरण गरेको हो । फाण्डेशनका निमा डोमा राईको पहलमा झोला वितरण गरेको संस्थाका अध्यक्ष सुर्य कुमारी सुनुवारले बताउनुभयो ।

आउदा दिनहरुमा पनि अन्य विद्यालयले सोलुखुम्बुमा उत्पादन भएको झोलालाई स्थान दिएर खरिद गरेको खण्डमा एकल महिलाहरुले राम्रो रोजगारी पाउने उहाँले बताउनुभयो ।

विगतका दिनमा जिल्ला बाहिर उत्पादन भएको झोला सोलुखुम्बुमा ल्याएर वितरण गरिने गरिएको भए पनि अबका दिनमा स्थानीय स्तरमा नै उत्पादन गरेर वितरण गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष सुनुवारले बताउनुभयो ।

यस्तै विद्यायलका प्रधानाध्यापक शिव कुमार राईले आफूले पढाएको विद्यालयका विद्यार्थीलाई झोला वितरण गर्नु हुने मेकावल्ड फाण्उडेशनका राई धन्यवाद दिनु भएको छ । साथै उक्त कार्यले विद्यार्थीलाई पढाइमा थप हौसल्ला मिल्ने जनाइएको छ ।

झोला वितरण कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला संस्थाका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थित रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार