सोलुखुम्बु, बैशाख २६ । गृहमन्त्री रमेश लेखक जेठ ३ गते सोलुखुम्बु आउनु हुने भएको छ । नेपाली कांग्रेसका नेता तथा नेपाल सरकारका गृहमन्त्री समेत रहनु भएका लेखक यहि जेठ ३ गते सोलुखुम्बु आउनु हुने भएको हो । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र (क) को प्रथम ऐतिहासिक क्षेत्रीय सम्मेलन उद्वाटन गर्न गृहमन्त्री लेखकले थुलुङ दुधकोशी गाउँपालिकामा आयोजना हुने कार्यक्रममा आउनु हुने भएको हो ।
बैशाख १७ गते लेखक कांग्रेस नेता तथा केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीको लाजिम्पाटस्थित निवासमा पुगेर सोलुखुम्बु जिल्लाको समग्र विकास तथा समसामयिक विषयमा समेत केसीसँग छलफल गर्नुभएको थियो ।
यस्तै बैशाख १८ गते नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेता केसीबीच भेटघाट भएको थियो ।
देउवा र केसी दुवै नेताबीचको छलफल पश्चात् लेखकको प्रमुख आथित्यतामा कार्यक्रम हुनेभनि सामाजिक सञ्जाल फेसबुकमा नेचासल्यान गाउँपालिकाका अध्यक्ष एवं प्रदेश सभापति धनजन राईले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको थियो। प्रदेश सभा क्षेत्र (क) मा नेचासल्यान, महाकुलुङ, सोताङ र थुलुङ दुधकोशी गाउँपालिका पर्दछन् ।