सोलुुखुम्बु, बैशाख २६ । सोताङ पब्लिक क्याम्पस सोताङमा स्ववियु चुनाव सम्पन्न भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका ५ मा रहेको उक्त क्याम्पसमा विहिबार सम्पन्न भएको चुनावमा सभापति पदमा गठबन्धनका मिलन राई र फुरा शेर्पा विजयी हुनु भएको छ ।
यस्तै नेविसंघबाट उमेद्धारी दिएका प्रकाश राई सचिव, नमुना कार्की कोषाध्यक्ष, बसन्त नाछिरिङ र नवीन राईले खुल्ला सदस्यमा जितेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धनबाट चुनाव जितेका शेर्पा भने सदस्य पदका रहेको अखिल क्रान्तिकारी संगठन जिल्ला अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो ।
उक्त क्याम्पसमा १ सय ७६ जना मतदाता रहेकोमा १ सय ४० मत खसेको थियो । गत चैत्र ५ गते हुने भनिएको भए पनि विविध कारणले स्थगित भएको स्ववियु चुनाव बैशाख २५ गते विहिबार सम्पन्न भएको थियो ।