विश्वको सर्वोच्च शिखर सगरमाथामा सातजनाले गरे आरोहण, मौसमले साथ दिए निरन्तर आरोहण हुने

  हिमाल समाचार
336 Shares

सोलुखुम्बु,बैशाख २६। विश्वको सर्वोच्च शिखर सगरमाथाको ७ जनाले आज सफलतापूर्वक आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आज शुक्रवार ७ जनाले आरोहण गरेका हुन् ।

बिभागका निर्देशक लीलाधर अवस्थीका अनुसार यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेका जनाइएको छ ‌।

‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन्। अशोक लामाले नेतृत्व गरेको सो टिममा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन्।

सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ। अब अरु आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने निर्देशक अवस्थीले बताउनुभयो।
– फायल फोटो


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार