मालपोत कार्यालय सोलुखुम्बुद्वारा साडे एक करोड बढी राजस्व संकलन

सोलुखुम्बु - मालपोत कार्यालय सोलुखुम्बुले ७ महिनामा साडे १ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनामा १ करोड ६२ लाख ३० हजार ६ सय १० रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । रजिष्ट्रेसन फाँटका कर्मचारी सुमन कार्कीका अनुसार साउनमा ३१ लाख २६ हजार ६ सय ९५, भदौमा २६ लाख १५ हजा...

सगरमाथा आवि जुबुलाई बस्नेतले गरे ३५ हजार बराबरको सामाग्री सहयोग

सोलुखुम्बु - सगरमाथा आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका–४ जुबु सोलुखुम्बुलाई करिब ३५ हजार रुपैयाँ बराबरको सहयोग सामाग्री प्राप्त भएको छ । उक्त विद्यालयलाई जुबु घर भइ हाल दक्षिण कोरियामा रहेका केदार बस्नेले प्रदान गरेको त्यहाँबाट होमनाथ खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार बस्नेतले आफ्ना ठुलोबुवा डिक बहादुर ...

केदार माविको अक्षयकोषमा ४ महिनामै २३ लाख ३६ हजार सङ्कलन

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा २३ लाख भन्दा धेरै रकम सङ्कलन भएको छ । विद्यालयले चार महिनाको अवधिमा २३ लाख ३६ हजार ८ सय ८२ रुपैयाँ रकम सङ्लन गरेको हो । गत असोज २७ गतेबाट ३६ महिनामा ३६ लाख रुपैयाँ सङ्कलन गर्ने उदेश्यका साथ सुरु गरिएको कोषमा छ महिनामा दुई सय च...

सोलुखुम्बु बहुमुखी क्याम्पसमा गरियो वित्तीय साक्षरता कार्यक्रम

सोलुखुम्बु  - सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीमा वित्तीय साक्षरता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सकिएको छ । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय सल्लेरीले ५९ औँ वार्षिक उत्सवको अवसमा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे अभिमुखीकरण गराएको हो । कार्यक्रममा क्याम्पसका शिक्षक र विद्यार्थी गरी ५० जना भन्दा बढीला...

नेचासल्यान–३ ले उठायो पालिकाकै धेरै राजस्व

सोलुखुम्बबु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ ले पालिकाकै धेरै राजस्व संकलन गरेको छ । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १ लाख ५६ हजार ३ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको पालिका लेखा शाखाले जनाएको छ । गाउँपालिका आन्तरिक लेखा परिक्षक सुजन खनालका अनुसार वडा नम्बर ३ ले संकलन गरेको उक्त राजस्व ...

थुलुङ दुधकोशीद्वारा ६ महिनामा झण्डै आधा करोड राजस्व संकलन

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ६ महिनामा झण्डै आधा करोड राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो ६ माहिनामा ४९ लाख ५० हजार २ सय ७५ रुपैयाँ ८० पैसाँ राजस्व संकलन गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । कार्यलयको तथ्याङक अनुसार सबैभन्दा बढी १ नम्बर वडाले २ लाख २७ हजार ८ सय ९२ रुपैय...

सोलुमा सवारी साधन कारबाहीबाट एकै महिनामा साढे ३ लाख बढी राजस्व सङ्कलन

जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुले सवारी साधन कारबाहीबाट एकै महिनामा साढे ३ लाख बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको पुस महिनामा मात्रै ट्राफिक प्रहरि कार्यलय सोलुले ३ लाख ५५ हजार ५ सय रुपैँया साजस्व सङ्कलन गरेको हो । गत पुसमा सवारी नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफि...

विपद् व्यवस्थापन समिति सोलुद्वारा अग्नी पिडित शेर्पा परिवारलाई २ लाख राहत प्रदान

सोलुखुम्बु – जिल्ला विपद् व्यवस्थापन समिति सोलुखुम्बुले आगलागीबाट ज्यान गुमाएका पासाङ शेर्पाको परिवारलाई २ लाख रुपैयाँ राहत प्रदान गरेको छ । आज आइतबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच समितीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले मृतकका आमा डोल्मा शेर्पालाई उक्त रकम हस्तान्तरण गर्नु...

‘कुमार प्रयास राई जिताऔं अभियान’का लागि माप्यदुधकोशीले गर्‍यो झण्डै २ लाख सहयोग

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले भ्वाइस अफ नेपाल सिजन–५ का प्रतिस्पर्धी गायक सोलुखुम्बु लोखिमका कुमार प्रयासलाई १ लाख ९८ हजार रुपैयाँ सहयोग गरेको छ । प्रतिस्पर्धाको फाईनल राउन्डमा पुगेका गायक राईलाई काठमाडौंको ‘सुकेधारामा गाउँपालिकाद्वारा आयोजित शैक्षिक अवलोकन भ्रमण तथा प्रधानाध्यापकहरुको क्षमता अभि...

‘द भोइस अफ नेपाल’का फाइनलिस्ट कुमारलाई थुलुङदुधकोशीले गर्‍यो ७ लाख ७७ हजार सहयोग

सोलुखुम्बु - ‘द भोइस अफ नेपाल’का फाइनलिस्ट कुमार ‘प्रयास’ राईलाई सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । आज बुधबार गाउँपालिका केन्द्र मुक्लीमा आयोजित पाँचौँ अध्यक्ष रनिङ शिल्ड तथा चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा बृहत सांगितिक कार्यक्रमको अवसरमा ‘द भोइस अफ...