सोलुखुम्बु - खोटाङको रावाबेसी गाउँपालिका ५ मा सम्पन्न पालिका भित्रका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १ कुभिण्डेले हात पारेको छ । गंगोदय माविको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा आयोजक ए टिम वडा नम्बर ५ दुवेकोललाई पछि पार्दै कुभिण्डेले उपाधि चुमेको हो । दुवेकोल ए टिमले दोश्रो स्थानमा चित्त बुझाएको छ ...
खेल
सोताङमा सुरु भयो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिकामा दोश्रो अध्यक्ष कप तथा १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विरेन्द्र ज्योति माध्यमिक विद्यालय सोताङ गाउँपालिका ५ को प्राङ्गणमा सोमबारबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले दिप प्रज्वलन गरी विधिवत रुपमा उद्घाटन गर्नुभ...
महाकुलुङमा सम्पन्न तेश्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि छेस्काम माविलाई
सोलुखुम्बु-सोलुखुम्बुको महाकुलुङमा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि छेस्काम माध्यमिक विद्यालयले हात पारेको छ । छेस्काम मावि विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा २० स्वर्ण ९ रजत १ कास्य सहित प्रथम भएको हो । ८ स्वर्ण, ११ रजत र ११ कास्यसहित गुदेल मावि दोश्रो र सगरमाथा मावि बुङ तेस्रो भएका छन् । सगरमाथा मा...
तल्लो सोलुको पर्यटन प्रवर्द्धनका लागि ‘ट्रेल म्याराथन’घोषणा
सोलुखुम्बु - सोलुखुम्बुमा आयोजना गरिने सर्वाधिक राशीकोे ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’घोषणा गरिएको छ । बुधवार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा ३ लाख पुरस्कार राशी रहेको ट्रेल म्याराथनको घोषणा गरिएको हो । उक्त पुरस्कार राशी ट्रेल म्याराथनको इतिहासमा नेपालकै ठुलो पुरस्कार राशी मानिएको छ । मुन स्टार...
सोलुमा हुने जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको मिति सर्यो
सोलुखुम्बु - सोलुखुम्बुमा यही माघ २० गतेबाट सुरु हुने भनिएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्र्रतियोगिताको मिति सरेको छ । प्र्राविधिक कारणवश उक्त प्रतियोगिता आगामी फागुन ५, ६ र ७ गतेका लागि सार्ने निर्णय भएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ । प्रदेश खेलकुद बोर्डको नियमित कार्यमा हेरफेर भएको, भौगो...
महाकुलुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङमा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका तथा गाउँ शिक्षा खेलकुद विकास समितिको आर्थिक सहयोगमा आज आईतवारबाट प्रतियोगिता सुरु भएको हो । छेस्काम माध्यमिक विद्यालय वडा नम्बर ३ को आयोजनामा गाउँपालिका उपाध्यक्ष बिपना कुलुङले ब्यानर पढेर कार्यक्रमको उद्घाटन ग...
हलेसीमा करातेका तीन खेलाडी नगदसहित सम्मानित
सोलुखुम्बु - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सातौं दक्षिण एसियाली कराते प्रतियोगितामा पदक दिलाउने तीन खेलाडीलाई सम्मान गरेको छ । मंसिर १७ गते काठमाडौंमा सम्पन्न प्रतियोगितामा स्वर्ण पदक दिलाउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी युमासम राई, रजत पदक दिलाउने दिक्तेल रुपाकोट मझुवागढी–१२ जालपाका रुरीहाङ दुमी...
थुलुङ दुधकोशीमा अध्यक्ष र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन
सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्ष तथा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । गाउँपालिकाको आयोजनामा पुस २९ गतेसम्म जारी रहने पाँचौ अध्यक्ष रनिङ शिल्ड तथा चौधौं राष्ट्रपति रनिङ प्रतियोगिताको आज बुधबार गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष ...
सोलुको महाकुलुङमा महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न
सोलुखुम्बु- सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सञ्चालन गरिएको साविक वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कुलुङ समुदायहरुको महान चार्ड मिनारी दाचाम चासुम्लो निङ्दोङ फाईम येलेदोङ चाक्चाकुर( ५०८४) को अवसरमा वडा नम्बर १ बुङमा आयोजना गरिएको भलिबल प्रतियोगिता मङ्गलबार सम्पन्न भएको हो । उक्त प्रतिय...
सोलुदुधकुण्ड नगरपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि जनजागृति माविलाई
सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनजागृति मावि सल्लेरीले उचालेको छ । गार्मा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा २४ स्वर्ण, ११ रजत र १४ कास्य पदक सहित जनजागृति मावि प्रथम भएको हो । सल्लेरीकै ह्वाइटहिल्स मावि १३ स्वर्ण, २२ रजत र १५ कास्यसहित दोश्रो भएको ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 25
- Next Page »