स्वर्गीय ङिमा शेर्पाप्रति कांग्रेस सोलु प्रदेश ‘ख’ले गर्‍यो श्रद्धानजली सभा

सोलुखुम्बु - नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश ‘ख’ कार्यसमितिले स्वर्गीय ङिमा शेर्पा प्रति श्रद्धानजली सभाको आयोजना गरेको छ । नेपाली कांग्रेस टाक्सिन्दुका वडासभापति छोङ्बा लामा शेर्पाका ममतामयी माता स्वर्गीय शेर्पाको निधन भएको २१ औँ पुन्य तिथिका दिन प्रदेश सभा ‘ख’ले काठमाण्डौँमा श्रद्धानजली सभाको आयोजना गरेको हो । ...

पुर्वसञ्चार मन्त्री कार्कीको उपस्थितिमा सोलु काङ्ग्रेसले गर्‍यो भेटघाट कार्यक्रम

सोलुखुम्बु - नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले सल्लेरीमा नजिकिदै गरेको राष्ट्रिय सभा चुनाव लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवं पुर्वसन्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा पार्टीका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको सभाध्यक्षतामा भएको उक्त का...

सोलुखुम्बुमा जनतासँग माओवादी रुपान्तरण अभियान सकियो

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्ुबुमा नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी रुपान्तरण ३ महिने अभियान सकिएको छ । देशव्यापी अभियान अन्र्तगत माओवादी केन्द्र सोलुखुम्बुले गत भदौबाट सुरु गरेको अभियान आज शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य एवं अभियानका सोलुखुम...

सोलुखुम्बुमा गठन भयो समाजवादी मोर्चा, अध्यक्षमा असिम राई चयन

सोलुखुम्बु - समाजवादी मोर्चा नेपाल सोलुखुम्बुको अध्यक्षमा असिम राई चयन हुनुभएको छ । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा आज भएको एक भेलाले माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका राईको अध्यक्षतामा ८ सदस्यीय जिल्ला संयोजन समिति चयन गरेको हो । समितिको सदस्यहरुमा माओवादी केन्द्रबाटै नाम्गेल शेर्पा, नेकपा एसबाट दोर्जी जाङ्ब...

किराँत संस्कार र सभ्यतालाई इतिहासले भुल्न सक्दैन : मेयर शेर्पा

सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले किराँत समुदायको संस्कार र सभ्यतालाई इतिहासले भुल्न नसक्ने बताउनुभएको छ । आज मंगलबार जिमी (राई) उत्थान समाज सोलुखुम्बुले सल्लेरीमा आयोजना गरेको उधौली पर्व (साकेला)मा बोल्दै मेयर शेर्पाले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथिको आसनबाट बोल्दै म...

खुम्बु सरकारले खरिखोलालाई राजनितिक पुर्वाग्रह राखेको भन्दै नेविसंघ सोलुको आपत्ति

सोलुखुम्बु - नेपाल विद्यार्थी संघ सोलुखुम्बुले जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले राजनितिक पुर्वाग्रह साधेर वडाको बजेट कटौती गरेको भन्दै आपत्ति जनाएको छ । पालिका अध्यक्षले वडा नम्बर १ का अध्यक्ष फरक पार्टीको भएकै कारण वडाको विकासमा विभेद गरेको भन्दै नेविसंघले आपत्ति जनाएको हो । नेविसंका जिल्ला सचिव मोहन कृष्ण न...

ओखलढुंगा पुगेर ओलीले भने, देशलाई बर्बादीबाट जोगाउन एमालेको सरकार आवश्यक

सोलुखुम्बु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई बर्बाद हुनबाट जोगाउन एमालेको सरकार आवश्यक रहेकोमा जोड दिनुभएको छ । मंगलबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले आगामी चुनावमा एकल बहुमत ल्याए...

कांग्रेस सोलु प्रदेश ‘क’ बाट ९ जना प्रदेश प्रतिनिधि छनौट

सोलुखुम्बु - नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश ‘क’ बाट ९ जना प्रदेश प्रतिनिधि सर्वसम्मत छनौट भएका छन् । प्रदेश ‘क’ कार्यसमितिको बैठकले उक्त क्षेत्रबाट ९ जना सर्वसम्मत रुपमा छनौट गरि आज जिल्ला समितिमा सिफारिस गरेका हुन् । छनौट हुनेहरुमा क्षेत्रीय सभापति धनजन राई(पदेन), अन्जु नाछिरिङ राई, शर्मिला खड्का, सञ्चाराम कुलुङ...

पालिका अध्यक्ष र वडाध्यक्ष बिचको टकरावले खुम्बु पासाङ ल्हामु १ को सेवा ठप्प

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामुु गाउँपालिका वडा नम्बर १ खरिखोलाको सेवा ५ दिनदेखि ठप्प भएको छ । गाँउपालिका अध्यक्ष मिङ्माछिरी शेर्पा र वडाध्यक्ष फुनुरु शेर्पाको टकरावका कारण वडाको सेवा गत बिहीबारबाट ठप्प भएको हो । गाउँपालिकाले वडा नम्बर १ लाई विभेदपुर्ण व्यवहार गरेको भन्दै वडाका जनप्रतिनिधिले निर्णय नै गर...

प्रदेश सम्मेलनका लागि कांग्रेस सोलु प्रदेश ‘ख’ बाट ९ जना सर्वसम्मत छनौट

सोलुखुम्बु - नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश ‘ख’ बाट ९ जना प्रदेश प्रतिनिधि सर्वसम्मत छनौट भएका छन् । प्रदेश ‘ख’ कार्यसमितिको आज बिहीबारको निर्णय अनुसार उक्त क्षेत्रबाट ९ जना सर्वसम्मत रुपमा छनौट गरेका हुन् । छनौट हुनेमा क्षेत्रीय सभापति कर्मा शेर्पा(पदेन), चन्द्र बहादुर राई, भुपाल राई, सानु माया राजभण्डारी, पुर्ण...