मानिसमा मात्रै देखिने पाइल्स के हाे ?

  हिमाल समाचार
77 Shares

काठमाडाैँ– पाइल्स मानिसमा मात्रै देखिने रोग हो । पाइल्स वंशाणुगत पनि हुने रोग हो । परिवारको कुनै सदस्यलाई भएको छ भने आफूलाई पनि हुने सम्भावना हुन्छ । दिसा पास हुने ठाउँमा रगतनलीहरु हुन्छन् । कुनै कारणले सोही रगतनली फुल्लेर आउनु र सोही नशा बाहिर निस्कनु अर्थात तल झर्नुलाई नै पाइल्स भनिन्छ । कहिलेकाहिँ नशा बाहिर ननिस्कनेर रगत झर्ने समस्या भने हुन्छ । नियमित सन्तुलित भोजन नभएका, धेरै प्याकेटको खाना अर्थात जङ फुडहरु खाने, मासुजन्य पदार्थ धेरै खाने व्यक्तिहरुमा र दिसा गर्दा धेरै बल प्रयोग गर्दा मलद्धारको नसाहरु तलझर्ने र पाइल्स हुने सम्भावना हुन्छ ।

पाइल्सका चरणहरु 

पाइल्समा ४ चरणका हुन्छन् । जसमा मलद्वारबाट रगत मात्रै बग्ने समस्या हुन्छ त्यसलाई पहिलो चरणको पाइल्स भनेर चिन्न सकिन्छ । तर पहिलो चरणको पाइल्समा नशाहरु बाहिर आउँदैन ।

दोस्रो चरणको पाइल्स भनेको धेरै जोडसँग दिसा गर्दा अथवा बढी एक्सरसाईज गर्दा नशाहरु बाहिर झर्छ तर दिसागरीसके पछि फेरि आफै भित्र जान्छ ।

 तेस्रो चरणको पाइल्स भनेको दिसा गर्दा तल झर्छ त्यो आफैँ भित्र जादैन । हातले भित्र पठाउनुपर्ने हुन्छ ।

यस्तै चौथौँ चरणको पाइल्स भनेको मलद्धारबाट बाहिर निस्कन्छ र जति कोसिश गरे पनि भित्र जाँदैन ।

पाइल्सको समयमा उपचार भएन र धेरै लामो समय सम्म रगत बग्यो भने बिरामीमा एनिमिया अर्थात रक्तअल्पता हुने सक्ने सम्भावना हुन्छ । त्यसैले बेवास्ता नगरी पाइल्सको समयमानै उपचार गर्न जरुरी  छ ।
लक्षणहरु 

दिशा गर्ने ठाउँ अर्थात मलद्वार वरिपरि चिलाउनु

मलद्वारबाट सिँगान जस्तो बग्नु जस्ता समस्याहरु पाइल्सको सुरुवाती लक्षण हुन् ।

पाइल्स हुने समयमा मलद्वारमा रियाक्सन गर्ने भएको हुँदा यस्ता लक्षण देखिन्छन् ।

तर, मलद्वारमा देखिने पाइल्स जस्ता रोगहरु सबै पाइल्स भने हुँदैनन् ।

कसरी गर्ने उपचार, के खाने ?

आयूर्वेदिक, होमियोप्याथी, एलोप्याथी सर्जन सबैलाई उपचारको लागि सरकारले वैधानिकता दिएको छ । जुन उपचार बिधि अपनाए पनि बिरामी उपचारमा जान जरुरी हुन्छ  ।

पाइल्सको सुरुवातको अवस्थामा एउटा भाँडामा तातोपानी र त्यसमा थोरै नुन राखेर मलद्वारलाई सेक्ने, दिसालाई पातलो बनाउने औषधिको प्रयोग गर्ने, पाइल्स कम गराउने औषधि खाने ।

पाइल्सबाट बच्नको लागि मात्रै होइन स्वास्थ रहनको लागि पनि रेष्टुरेण्डको खाना नखाने खाए पनि एकदमै कम खाने । वर्गर, पिज्जा नखाने र पाइल्स नहुनको लागि आफ्नो दैनिक जीवनलाई परिवर्तन गर्न जरुरी छ ।

गर्भावस्था, उमेर र वंशाणुगत हुने समस्यालाई परिवर्तन गर्न सकिन्न । त्यसैले खानापान र शारीरिक व्ययामलाई ध्यान दिन जरुरी हुन्छ । गर्भावस्थामा पाइल्स हुन नदिनको लागि सागसब्जी बढी खाने, कब्जीयत हुन नदिन आफूले पनि ख्याल गर्ने । पाइल्स सानो भए पनि ठूलो दुर्घटना निम्त्याउँन सक्छ ।

सूर्तिजन्य र मादक पदार्थ धेरै खाने व्यक्तिमा पनि पाइल्सको समस्या देखिन सक्छ । सकेसम्म सूर्तिजन्य र मादक सेवन नगर्नु उपयुक्त हुन्छ ।

फलफूल नियमित खाने,  फाइबर भएको खाना खाने,   नियमित व्यायम गर्ने,  एकै ठाउँमा धेरै नबस्ने, मासुजन्य पदार्थ या खशीको मासु कम खाने,  दिसा गर्दा धेरै बल लगाएर घन्टौँ शौचालयमा नबस्ने ।

कब्जीयत हुन नदिने खालको खानेकुराहरु खाने । जस्तै– दैनिक फलफूल ,सागसब्जी अर्थात साकाहारी खाना खाने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार