नेचासल्यानका ज्ञान बहादुरको २ वटा घर जल्यो, ६५ लाखको क्षति

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका २ डिटीमा आज बिहीवार बिहान भएको आगलागीमा ६५ लाख बराबरको क्षति भएको छ । आगोले स्थानीय ज्ञान बहादुर खत्रीको दुई वटा घर र बाख्राको एउटा खोर जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

बिहान ४ः३० बजे घरमा सल्किएको आगोले ज्ञान बहादुरको दुई वटा घरसहित भित्र भएको ५० हजार नगद, नौ तोला सुन, २० तोला चाँदी,२० मुरी अन्न, एक थान मोबाइल, लत्ताकपडा, भाडावर्तन लगायत सबै सामाग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक राम चन्द्र साहले जानकारी दिनुभयो ।

आगोले नजिकै रहेको बाख्राको खोर समेत जल्दा एउटा बोका र एउटा बाख्रा जलेर मरेको जनाइएको छ । घरमा लागेको आगो स्थानीयवासी तथा सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार