भेरोसेल खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु

  हिमाल समाचार
77 Shares

काठमाडौं- कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु गरिएको छ । चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिने छ । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले करीब पाँच लाख जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न थालिएको जानकारी दिए ।

खोप अभियान आजदेखि यही असार २४ गतेसम्म सञ्चालन हुने छ । गत जेठ २५ देखि २९ गतेसम्म लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरो सेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइने छ । खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कागज अनिवार्य देखाउनुपर्ने छ ।

नेपालमा अहिलेसम्म सात लाख ५९ हजार ९५४ ले दोस्रो र २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार