सगरमाथा प्रवेशद्वारमा काङ्ग्रेसको शक्ति प्रदर्शन, सयौंको सहभागिता

  हिमाल समाचार
21 Shares

सोलुखुम्बु – नेपाली काङ्ग्रेस सोलु दुधकुण्ड नगरपालिका –१ टाक्सिन्दुले नुनथलामा शक्ति प्रदर्शन गरेको छ ।

पार्टीको वडा कार्यसमितिले शनिबार बृहत चुनावीसभापछि गरिएको शक्ति प्रदर्शनमा झन्डै ४०० जना स्थानीयको सहभागिता रहेको थियो ।

काङ्ग्रेस जिल्ला सभापति एवं नगर प्रमुख पदका उम्मेद्वार नाम्गेल जाङ्बु शेर्पा, पार्टीका प्रदेश १ समिती सदस्य एवं उपमेयर पदका उम्मेद्वार गान्धी माया तामाङ, क्षेत्रीय सभापति कर्मा शेर्पा लगायतका नेताहरूको सहभागिता रहेको उक्त र्यालिमा काङ्ग्रेसको जित सुनिश्चित रहेको भन्दै स्थानीयले खुशीयाली समेत मनाएका थिए ।

नगरपालिका विकासको गतिमा अगाडी बढिसकेकाले पुनः एक पटक नाम्गेल जाङबु शेर्पा नगरको सत्तामा पुग्नु पर्ने स्थानीयले बताएका छन् ।

स्वच्छ छवि, जनप्रिय र विकासप्रमी उम्मेद्वार नाम्गेल जाङबु शेर्पा मात्रै भएकाले आफुहरुले कांग्रेसलाई नै विजयी गराउने स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार