सबै समुदायको प्रतिनिधित्व गर्ने पार्टी नै कांग्रेस हो–केन्द्रीय सदस्य शेर्पा

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले सबै जातजाति, भाषाभाषी, लिङ्ग र समुदायको प्रतिनिधित्व गर्ने पार्टी नै काङ्ग्रेस भएको दाबी गरेका छन् ।

नेपाली काङ्ग्रेस सोलुदुधकुण्ड नगरपालिका ४ ले आईतबार खोलाघारिमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता शेर्पाले सबै समुदायलाई समान अधिकार दिन चहाने पार्टी भनेकै काङ्ग्रेस मात्रै भएको बताएका हुन ।

सोलु दुधकुण्ड नगरपालिका ४ मा काङ्ग्रेसले दलित समुदाय प्रतिनिधि वडाध्यक्षको उम्मेद्वार बनाएको तर्फ इङ्गित गर्दै नेता शेर्पाल काङ्ग्रेसले सक्षम नेतालाई अघि सार्ने भएकाले त्यसमा जात, धर्म, लिङ्ग केहिले पनि प्रभाव नपार्ने बताए ।

साथै उनले जनप्रतिनिधि भनेको जनताको अभिभावक भएकाले विकासप्रेमी, जनताको मर्म बुज्ने र सहज उम्मेद्वारलाई मतदान गर्न समेत आग्रह गरे ।

विपक्षी दलका उम्मेद्वार तर्फ लक्षित गर्दै नेता शेर्पाले भने–‘सुरुदेखी नै डर, धाकधम्कि दिने उम्मेदवारलाई मत दिएर कमजोरी नगर्नुहोस् । मत भनेको जनताको मन जितेर प्राप्त गरिने चिज हो, यो दवाब प्रभावमा नपरि सोच विचार गरेर दान गर्ने अधिकार हो । त्यसैले तपाईहरु निर्धक्क विकासप्रेमी, सक्षम र मनले रोजेको उम्मेद्वारलाई मत दिएर विजयी गराउनुस्, त्यसमा नै सबै नगरवासीको भलो हुने छ’ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार