सोलुदुधकुण्डमा ९ जना संक्रमित थपिए

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । विहिबार ६ पुरुष र ३ महिला गरि ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यससँगै जिल्लामा कुल संक्रमितको संख्या १०७ पुगेको छ । जसमा ५५ जना संक्रमण मुक्त भएका छन् भने ५२ जना सकृय संक्रमित रहेको कार्यालयका कोभिड फोकल पर्सन छरिता खड्काले जानकारी दिइन् ।

अन्य स्थानीय तहहरुबाट भने अभिलेख प्राप्त नभएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार