सोलु, ओखलढुंगा र खोटाङका झण्डै आधा दर्जन औषधी पसल सिल

  हिमाल समाचार
2.7k Shares

सोलुखुम्बु – सोलुखुम्बु माथिल्लो सगरमाथाका तीन जिल्लाका झण्डै आधा दर्जन औषधी पसल सिल गरिएको छ । सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विभन्न क्षेत्रमा मापदण्ड पुरा नभएका तथा दर्ता नभएका ५ वटा औषधी पसलहरुलाई औषधी व्यवस्था विभाग विराटनगरले सिल गरेको हो ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित सल्लेरी मेडिकल हलमा विभागले ताला लगाएको छ भने दुधकुण्ड फार्मेसी फाप्लुलाई ७ दिने अल्टिमेटम सहित स्पष्टिकरण सोधिएको फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले बताए ।

उनका अनुसार सल्लेरी मेडिकल हललाई पटक पटक ताकेता गर्दा पनि अन्य सामाग्रीहरुसँग औषधी राखेर बिक्री गरेकाले ताला लगाइएको हो भने दुधकुण्ड फार्मेसीमा सम्बन्धित व्यक्ति बाहेक अन्य व्यक्तिले औषधी बिक्री गरेको पाइएकाले स्पष्टिकरण सोधिएको हो ।

यस्तै ओखलढुंगामा सिद्धिचरण हेल्थ क्यर सेन्टर दर्ता नभई सञ्चालन भएकाले सिल गरिएको छ भने सत्नावती फामेर्सीलाई लिखित स्पष्टिकरण सोधिएको छ ।

त्यसैगरी खोटाङमा दर्ता नभई सञ्चालन भएका अपुगी मेडिकल हल, ओम हलेसी मेडिकल हल र मञ्सु फार्मेसी सिल गरिएको छ । सिल गरिएका औषधी पसलहरुबारे अनुसन्धान सुरु भएकाले थप कारबाही हुन सक्ने औषधी व्यवस्था विभाग विराटनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार