सोलुमा मोतिविन्दु छनौट शिविर सुरु, पहिलो दिन ५ जना विरामी छनौट

  हिमाल समाचार
315 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा मोतिविन्दु छनौट शिविर सुरु भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा आज आईतबारबाट छनौट शिविर सुरु भएको हो । शिविरको आज पहिलो दिन नुनथला स्वास्थ्य चौकी टाक्सिन्दुमा ७८ जनाले आँखा जाँच गराएको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिए ।

उनका अनुसार उक्त शिविरबाट ५ जना मोतिविन्दुका विरामी छनौट भएका छन् । आगामी वैशाख २९ गते सम्म सञ्चालन हुने छनौट शिविरमा वैशाख ४ गते जुभिङ स्वास्थ्य चौकी, ६ गते काँकु आधारभुत स्वास्थ्य चौकी, ८ गते वाकु स्वास्थ्य चौकी, १० गते पावै आधारभुत स्वास्थ्य केन्द्र र १२ गते छेस्काम स्वास्थ्य चौकीमा हुने छ । यस्तै वैशाख १४ गते गुदेल स्वास्थ्य चौकी, १६ गते लोखिम स्वास्थ्य चौकी, १८ गते काँगेल स्वास्थ्य चौकी, २० गते केरुङ स्वास्थ्य चौकी, २१ गते गोराखानी स्वास्थ्य चौकी, २२ गते नेचाबेतघारी र २६ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा छनौट शिविर हुने आँखा केन्द्र प्रमुख विधान ताम्राकारले बताए ।

छनौट भएका मोतिविन्दुका विरामीहरुलाई वैशाख २८ र २९ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा तिलगंगा आँखा अस्पतालका सन्दुक रुइतसहितका विषेशज्ञहरुद्वारा शल्यकृया शिविर आयोजना गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार