ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८–७९ को लागि ३९ करोड ८८ लाख ३५ हजार १५० रुपैँयाको बजेट ल्याएको छ ।
असार ९ मा शुरु भएको गाउँ सभाले बुधबार बार्षिक बजेट पारित गरेको हो । बजेटमा चालु तर्फ २६ करोड १० लाख २८ हजार १५० रुपैँया र पूँजीगत तर्फ १३ करोड ७८ लाख ७ हजार विनियोजन गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।
गाउँपालिकाले सर्सत बाहेक १५ करोड २२ लाख ८३ हजार १५० रुपैँया खर्च अनुमान गरेको छ ।