प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन

  हिमाल समाचार
56 Shares

काठमाडौं- विपक्षी गठबन्धनसम्बद्ध विद्यार्थी संगठन प्रदर्शनमा उत्रिएका छन् ।

संयुक्त विद्यार्थी गठबन्धनमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको भ्रातृ संस्था अखिल क्रान्तिकारी, नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीको भ्रातृ संस्था समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको भ्रातृ संस्था अखिल छैटौँ छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले गरेको संविधानमाथिको अतिक्रमणविरुद्ध काठमाडौंको माइतीघरमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेकाे नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए ।

उनीहरुले राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रतिनिधिसभा विघटनको विरोधमा विपक्षी विद्यार्थी संगठनले विरोध गर्दै आइरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार