सल्लेरीमा ब्याटमिन्टन प्रतियोगीता शुरु, ४८ टिम सहभागी

  हिमाल समाचार
231 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरीमा खुला मैत्रीपुर्ण पुरुष तथा महिला ब्याटपमन्टन प्रतियोगीता शुरु गरिएको छ ।

आजदेखि आगामी फागुन १४ सम्म चल्ने प्रतियोगीतामा ४८ टिमको सहभागीता रहेको छ । यो टिम संख्या जिल्लामा आयोजित ब्याटमिन्टन प्रतियोगीतामध्ये अहिलेसम्मकै सर्वाधिक मानिएको छ ।

सोलुदुधकुण्ड युथ क्लब र जिल्ला ब्याटमिन्टन संघको संयुक्त रुपमा शहिदहरुको सम्मानमा आयोजना गरिएको प्रतियोगीतामा पुरुषतर्फ २० बर्ष मुनि सिंगल, २१ देखि ३४ मुनि डबल र ३५ देखि माथी डबल विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । त्यस्तै, महिला तर्फ डबल इभेन्टको आयोजना गरिएको छ ।

उद्घाटन कार्यक्रम सोलुदुधकुण्ड युथ क्लबका अध्यक्ष क्षितिज मोक्तानको अध्यक्षता तथा जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष राज कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष गुरुङले खेलकुदको माध्यमबाट जिल्लाको परिचय र विकासमा टेवा पु¥याउन सकिने बताए ।

कार्यक्रममा सोलुखुम्बु बहुमुखि क्याम्पसका प्रमुख उद्धव शर्मा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार