हिमाल एफ.एम. सञ्चालक समितिमा शेर्पा मनोनित

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – हिमाल एफ.एम. सञ्चालक संस्था हिमाली सञ्चार लिमिटेड कार्यसमितिमा पासाङ शेर्पा मनोनित हुनुभएको छ । कम्पनी सञ्चालक समितिको बैठकको निर्णय अनुसार शेयर सदस्य शेर्पालाई कार्यसमिति सदस्यमा मनोनित गरिएको हो ।

यस अघिका सञ्चालक समितिका दई जना पदाधिकारीले राजिनामा दिएपछि नयाँ पदाधिकारी चयन भएसँगै सदस्य पद खाली रहेको थियो । काठमाण्डौँमा भएको बोर्ड बैठकले सदस्य पदमा शेर्पालाई मनोनित गरिएको सञ्ञ्चालक समिति अध्यक्ष दावागेलु पाख्रिनले जानकारी दिनुभयो ।

अपुरो रहेको कार्यसमितिलाई पुरा गर्ने क्रममा लागि परेकाले अन्य पदाधिकारी तथा सदस्यहरु पनि पुरा गर्दै जाने अध्यक्ष पाख्रिनले बताउनुभयो । रेडियाको उचाइ बढाउन आफु निरन्तर लागि पर्ने नवनियुक्त सदस्य शेर्पाले बताउनुभयो । जसका लागि सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार