अध्यक्ष बास्तोला माथी लगाइएको आरोप प्रमाणित गर्न एमाले नेचासल्यानको चुनौति

  हिमाल समाचार
1.2k Shares

सोलुखुम्बु – नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष तथा नेचासल्यान गाउँपालिका अध्यक्षका प्रत्यासी डुफ कुमार बास्तोलामाथी लागेको आरोपको नेकपा एमाले नेचासल्यानले खण्डन गरेको छ ।

अध्यक्ष जगनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा एमाले प्रति देखिएको जनलहरबाट आत्तिएका पंक्तिले झुटो र भ्रामक प्रचार गरेको भन्दै आरोप प्रमाणित गर्न चुनौति दिएको छ ।

झण्डै ८ महिना अघि अख्तियारमा परेको बेनामे उजुरीलाई आधार बनाएर निर्वाचनको समयमा समाचार प्रकाशन गर्नु नियोजित भएको र गाउँपालिकाको प्रशासनिक खर्च र विद्यालयमा जडान गरिएको इन्टरनेटवापतको खर्चलाई गलत ढंगले प्रचार गरिएको विषयप्रति ध्यानाकर्षण जनाउदै दुख व्यक्त गरेको छ ।

यसैबीच, नेचासल्यान गाउँपालिकाको अध्यक्षका उम्मेदवार बास्तोलाले आफू माथी लागेको आरोपको खण्डन गरेका छन् । ५ बर्षमा भ्रमणमा करोडौँ रकम खर्च गरेको र उस्तै शिर्षकमा रकम विनियोजन गरि अनियमितता गरेको विषयमा भष्ट्राचारमा परेको उजुरीको समाचार बाहिरिएपछि बास्तोलाले आरोपको खण्डन गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले पित पत्रकारितालाई आदर्श ठान्ने पत्रकारले चरित्र हत्याको प्रयास गरेको आरोप लगाएका छन् । निर्वाचनलाई प्रभावित पार्ने खालका फण्डा र तिगडम नेचासल्यानबासीले बुझेको बताएका छन् । उनले आफू जनताको सेवामा लागिरहेकाले मतदाताले सत्यता के हो पहिचान गर्ने दाबी समेत गरे ।

उनले आफू माथी लगाइएका आरोप पुष्टि गर्न सम्बन्धीत पत्रकारलाई चुनौति समेत दिएका छन् । बास्तोाला एमालेबाट नेचासल्यान अध्यक्षका सर्वसम्मत उम्मेदवार हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार