एमाले–माओवादी त्यागेर सुर्केका १० जना कांग्रेस प्रवेश

  हिमाल समाचार
959 Shares

सोलुखुम्बु – नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरि खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केमा १० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

छिरिङ तेन्जिङ लामा र पासाङ गेल्जेन शेर्पाको नेतृत्वमा एमाले र माओवादी परित्याग गरि १० जना कांग्रेस प्रवेश गरेको हुन् ।

नवप्रवेशीलाई जिल्ला कार्य समिति सदस्य छिरिङ सोनाम शेर्पा, खुम्बु काङ्ग्रेस सभापति तथा पालिका अध्यक्ष पदका उम्मेदवार चुङ्बा शेर्पा, उपाध्यक्ष पदका उम्मेदवार निर्मला थापा मगर, वडा नम्बर २ मा अध्यक्ष पदका उम्मेदवार दावा गेल्जेन शेर्पा, सदस्य पदका उम्मेदवारहरु, पालिका सचिव तथा प्रवक्ता पासाङ शेर्पा र नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सुरेस मगर लगायतले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार