सोलुमा नवौँ राष्ट्रिय जिल्ला खेलाडी छनौटको उद्घाटन, वर्षातले प्रतियोगिता प्रभावित

  हिमाल समाचार
987 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा नवौँ राष्ट्रिय जिल्ला खेलाडी छनौट प्रतियोगिता आज (मंगलबार) उद्घाटन गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा आयोजना गरेको खेलाडी छनौट प्रतियोगिताको सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धी माया तामाङले उद्घाटन गरिन् । यद्यपी वर्षातका कारण मंगलबारका लागि तय भएको भलिबल खेलाडी छनौट प्रतियोगिता भने स्थगित भएको छ ।

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागी बन्ने गरि जिल्ला तहका खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले बताए । समितिले १३ विधाका खेलाडी छनौटका लागि भदौ २ सम्म आवेदन संकलन गरेको थियो ।

जसमा भलिबलका लागि ३ बैकल्पिकसहित महिला/पुरुष आवश्यक १२/१२ जनाका लागि पुरुष २५ र महिला २२ जना, चेस महिला/पुरुष २/२ जनाका लागि पुरुष २ जना र महिला ३ जना, फुटबल महिला/पुरुष १६/१६ जनाका लागि पुरुष ४८ र महिला २३ जना, कवडी महिला पुरुष ९/९ जनाका लागि पुरुष १८ र महिला ११ जना र टेबलटेनिस महिला/पुरुष ३/३ जनाका लागि महिला ५ र पुरुष ८ जनाको आवेदन परेको छ ।

यस्तै एथ्लेटिक्स महिला १० र पुरुष १२ जनाका महिला ७ र पुरुष १० जना, व्याडमिन्टन पुरुष ४ र महिला ३ जनाका लागि पुरुष १६ र महिला ६ जना, जुडो पुरुष ५ र महिला ७ जनाका लागि पुरुष ७ र महिला ११ जना, आर्चरी पुरुष ८ र महिला ६ जनाका लागि पुरुष ७ र महिला २ जना, तेक्वान्दो महिला/पुरुष १४/१४ जनाका लागि पुरुष ८८ र महिला ७४ जना र क्यूकोशियन कराँते पुरुष ७ जना र महिला ५ जनाका लागि पुरुष २ जना र महिला १ जनाको मात्रै आवेदन परेको प्रदेश भलिबल संघका सदस्य राम बहादुर खड्काले जानकारी दिए ।

छनौट प्रतियोगिता मध्ये पुरुष फुटबल र तेक्वान्दो नेचासल्यानमा र बाँकी खेलहरु सल्लेरीमा हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार