नेचासल्यानमा ‘स्थानिय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम’

  हिमाल समाचार
280 Shares

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले गाउँपालिका भित्रका बालबालिकालाई कुपोषण रहित बनाउन पालिका लागि पर्ने बताएकी छिन् ।

सुआहाराको आयोजनामा पालिकाको सभाहलमा सम्पन्न ‘स्थानिय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम’मा बोल्दै पालिका उपाध्यक्ष राईले सुआहाराले हजार दिने आमाका साथै सामुदायिक स्वास्थ्य र पोषणका सवालमा गरेको कामको प्रशंसा गरिन् ।

सुआहाराका जिल्ला संयोजक किशोर सुनुवारले बार्षिक रुपमा सञ्चालन गरिएका कार्यक्रम र प्रगति विवरण प्रस्तुत गरि पालिका उपाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा पालिकाका विषयगत शाखा प्रमुखहरुले पनि प्रगती र कार्यक्रमबारे जानकारी गराएका थिए ।

एक दिवसीय कार्यक्रममा ५ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, सुआहाराका पदाधिकारी लगायतको उपस्थिती रहेको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार