सोताङ – १ मा पाठेघर मुख क्यान्सर सम्बन्धी शिविर सञ्चालन

सोलुखुम्बु – सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर १ मा पाठेघर मुख सम्बन्धी १ दिने शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा १ नम्बर वडा स्थित हुलु माविमा उक्त शिविर सञ्चालन भएको हो ।

पाठेघरको मुख क्यान्सर सम्बन्धी पत्ता लगाउने VIA प्रविधिबाट क्यान्सरको चेक जाच गर्दा २ जनाको क्यान्सर भएको पत्ता लागेपछि कोल्ड कोयागुलेसनबाट उपचार गरिएको सोताङ अस्पताल प्रमुख डाक्टर बिकेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त शिविरमा ५५ जना महिलाको चेक जाच गरिएकोमा ५३ जना महिलाको क्यान्सर सम्बन्धी केहि समस्या नदेखिएको डाक्टर श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार