सोलुका १२ सय बालबालिकालाई ट्रयाकसुट र जुत्ता वितरण

  हिमाल समाचार
469 Shares

सोलुखुम्बु–देलेक चिल्ड्रेन फाउन्डेशन यूएसए र शेर्पा बालबालिका सहायता संघले सोलुखुम्बुका झण्डै १२ सय जना बालबालिकालाई ट्रयाकसुट र जुत्ता वितरण गरिएको छ ।

संस्थाले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिकाका लगायतका विभिन्न १२ वटा विद्यालयहरुमा गरि ११ सय ९० जना बालबालिकाहरुलाई ट्रयाकसुट र जुत्ता वितरण गरेका हुन् ।

जसमा ८९० जनालाई जुत्ता र ३०० जनालाई ट्रयाकसुट वितरण गरिएको सहयोगी संस्था शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निर्मा शेर्पाले बताए ।

आर्थिक अवस्था कम्जोर भएका बालबालिकाहरुलाई अध्ययनमा सहयोग पुगोस् भन्ने हेतुले कपडा वितरण गरेको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार