नेलेका अग्नि पीडितलाई आधा करोड बढी सहयोग रकम हस्तान्तरण

  हिमाल समाचार
273 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अग्नि पीडित परिवारलाई आधा करोड रुपैयाँ भन्दा बढी सहयोग रकम हस्तान्तरण गरिएको छ । नेले विकास समाजका अध्यक्ष रोशन बाबु थुलुङको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच अग्नि पीडित सहयोग समिति मार्फत विभिन्न सहयोगी व्यक्तिहरुबाट संकलन भएको ५८ लाख १० हजार ३ सय १५ रुपैयाँ रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । नेले विकास समाजले मात्रै १३ लाख ४९ हजार ६८० संकलन गरेको थियो ।

उक्त सहयोग रकम आगलागीबाट पुर्ण रुपमा घर गुमाएका गणेश बस्नेतलाई १२ लाख ८७ हजार ८ सय १३ रुपैयाँ ५ पैसा, कल्पना बस्नेतलाई ११ लाख ६७ हजार ५ सय ४८ रुपैयाँ ४८ पैसा, वुद्विबहादुर कार्कीलाई ११ लाख २२ हजार ८९ रुपैयाँ ५ पैसा, रमेश बस्नेतलाई १० लाख २४ हजार ८ सय ८१ रुपैयाँ ६२ पैसा र आंशिक क्षति भएका प्रणय राईलाई ५ लाख ४९ हजार ५ सय ३६ रुपैयाँ ५ पैसा हस्तान्तरण गरिएको छ ।

यस्तै भाडामा बसेका मिङ्मार तामाङलाई २ लाख ७१ हजार ६ सय ३ रुपैयाँ २ पैसा, मोहन भुजेललाई १ लाख ३० हजार ६ सय २३ रुपैयाँ, बुद्धि बहादुर केसीलाई ७६ हजार ३ सय ५२ रुपैयाँ २५ पैसाँ, सुरेन्द्र कार्कीलाई ४० हजार २ सय ८० रुपैयाँ एक पैसा, हेमन्त बस्नेतलाई २० हजार एक सय ४० रुपैयाँ एक पैसा, भिम कुमारी बस्नेतलाई २९ हजार ३ सय ४६ रुपैयाँ ४६ पैसा, बिक्रम बस्नेतलाई १३ हजार ८ सय १० रुपैयाँ ३ पैसा र् ङवाङ गिर्मी शेर्पालाई १६ हजार ६ सय ८७ रुपैया ४८ पैसा हस्तान्तरण गरिएको वडाध्यक्ष एवं सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिए ।

समितिको कोषमा देश तथा विदेशबाट संकलित रकम क्षतिको आधारमा विभाजन गरि हस्तान्तरण गरिएसँगै आजबाट सहयोग संकलन कार्य सकिएको अध्यक्ष सुनुवारको भनाई छ । पुस ५ गते मंगलबार दिउँसो करिब ४ बजे वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पुर्णरुपमा नष्ट भएको थियो भने अन्य केहि घरहरुमा आंशिक क्षति भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार